
काठमाडौँ, २२ असार । पछिल्लो समय आत्महत्याको दर बढ्दै गइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगले आत्महत्या गरिएको भन्दै सचेत हुन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो एक सातामा दुई महिलाले फेसबुक लाइभ गरेका आत्महत्या छन् ।
यस्ता आत्महत्या गरेको भिडियोले अझ अन्यमा आत्महत्या गर्न प्रेरित गर्ने र बालबालिकाको दिमागमा नकारात्मक असर गर्ने बताए । यस्ता भिडियो देखेमा सेयर नगर्न र तुरुन्त फेसबुकलाई रिपोर्ट गरिदिन समेत उनले अनुरोध गरे ।
त्यसैगरी उनले आत्महत्याका विषयमा केही विचार आए वा समस्या भए आफन्त वा नजिकका साथीहरुलाई भन्नसमेत अनुरोध गरेका छन् ।















प्रतिक्रिया