
काठमाडौँ, २२ असार । काठमाडौँमा समुदायमा कोरोनाभइरस फैलिएको हो कि होइन भनेर सरकार अनुसन्धान सुरु गरेको छ ।
त्यसक्रममा तिनकुने र नख्खु क्षेत्रको नमुनामा कोरोनाभाइरस नभएको देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीनकुने र नख्खु क्षेत्रको २२८ वटा नमुना लिएर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
समुदायमा कोरोनाभाइस फैलिएको हो कि होइन भन्ने पत्ता लगाउन लिइएको १० स्थानको नमुनामामध्ये ति दुई स्थानको नमुनामा कोरोना नेगेटिभ देखिएको हो । अन्य ठाउँको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
केही दिन अघि निजी क्षेत्रबाट गरिएको अनुसन्धानमा काठमाडौँका २ स्थानका ढलमा कोरोनाभाइरस भेटिएको थियो । जसअनुसार स्वास्थ्य विज्ञहरुले सतर्क हुनुपर्ने बताउँदै आएका थिए ।
स्वास्थ्य मन्त्रालयले भने ढलमा कोरोनाभाइरस देखिए पनि मानिसमा सर्ने प्रमाण नभएको भन्दै नआत्तिन आग्रह गरेको थियो ।















प्रतिक्रिया