४ कार्तिक २०८३, बुधबार

सडक विभागका तत्कालीन इन्जिनियर यादवविरुद्ध २ करोडको मुद्दा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागका अवकाश प्राप्त सुपरिटेन्डेन्ट इन्जिनियर चन्द्र नारायण यादवविरुद्ध करिब २ करोडको भ्रष्ट्राचार मुद्दा चलाएको छ ।

यादवले पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै सोमबार विशेष अदालतमा अख्तियारले यादवविरुद्ध १ करोड ८५ लाख ११ हजार ७ सय २८ रुपैयाँ बराबरको विगो दावीसहित मुद्दा दायर गरेको हो ।

विभागका तत्कालीन सुपरिटेन्डेन्ट ईन्जिनीयर चन्द्र नारायण यादव २०३६ मंसिर २ मा सुनसरी–मोरङ सिंचाई विकास समितिमा ओभरसियर पदबाट म्यादी नियुक्ति भई २०४७ असार १२ मा इन्जिनियर पदमा स्थायी नियुक्ति पश्चात विभिन्न कार्यालयहरुमा कार्यरत रही २०७४ फागुन १६ मा सुपरिटेन्डेट ईन्जिनियरको पदबाट अवकाश पाएका थिए ।

यादवको वैध आय १ करोड २ लाख ७४ हजार ७३९ रुपैयाँको अनुपातमा आयभन्दा बढी गरेको १ करोड ८५ लाख ११ हजार ७ सय २८ रुपैयाँ बराबरको भागको सम्पत्तिको स्रोत खुल्न नआएको पाइएको आयोगले जनाएको छ । यादवले साविक भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको अख्तियारको भनाइ छ ।