
काठमाडौँ, २२ असार । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बागलुङको निसिखोला गाउँपालिका ३ का २९ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा रहेका उनको आइतबार मृत्यु भएको थियो ।
हालसम्म देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया