शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

इंग्लिस प्रिमियर लिगमा साउथ ह्याम्पटनसँग म्यानचेस्टर सिटी पराजित

दैनिक नेपाल २०७७ असार २२ गते ९:४५

लण्डन, २२ असार । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको हो । साउथह्याम्पटनको जितमा १६ औँ मिनेटमा चे एडम्सले गरेको गोल नै निर्णायक बन्यो ।

यस्तै आइतबार राति नै भएको खेलमा उपाधि विजेता लिभरपुल भने विजयी भएको छ । उपाधि पक्का गरेपछिको पहिलो खेलमा म्यानचेस्टर सिटीसँग पराजित भएको लिभरपुलले त्यसपछिको खेलमा भने जित निकालेको हो ।

लिभरपुलले आइतबार राति भएको खेलमा एस्टन भिल्लालाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा ७१ औँ मिनेटमा साडिओ माने र ८९ औँ मिनेटमा कर्टिस जोन्सले गोल गरे ।

जितपछि लिभरपुलको ३३ खेलबाट ८९ अंक भएको छ । यस्तै दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६६ अंक रहेको छ ।

लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा बर्नली र शेफिल्ड युनाइटेडले १–१ तथा न्यूक्यासल र वेष्ट ह्याम युनाइटेडले २–२ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित