२ कार्तिक २०८३, सोमबार

यो वर्षभित्र कोरोना भाइरसविरुद्धको खोप तयार हुँन्छ जस्ताे लाग्दैनः डा. स्टीफन हान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, २२ असार । अमेरिकाको औषधि नियामक निकायका प्रमुखले यो वर्षभित्र कोरोना भाइरसविरुद्धको खोप तयार हुने राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वानुमानमा शंका व्यक्त गरेका छन् ।

अमेरिकाको फुड एण्ड डर्ग एड्मिनिस्ट्रेशन (एफडिए) का कमिसनर डा. स्टीफन हानले आइतबार भनेका छन्, ‘खोप कहिले उपलब्ध हुन्छ भनेर म पूर्वानुमान गर्न सक्दिन ।’

खोपको विकास परीक्षणको तथ्य र तथ्यांक तथा विज्ञानमा निर्भर हुने डा. हानले बताएका छन् ।

खोपले भाइरसविरुद्ध लड्नका लागि मानिसको प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित गर्छ सोही कारण खोप लगाएका व्यक्तिमा संक्रमण हुँदैन ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य समेत रहेका डा. हानले ट्रम्पले यो वर्षको अन्त्यसम्म महामारीको समाधान गर्ने खोप उपलब्ध हुने दाबीप्रति आफूले केही भन्न नसक्ने बताएका हुन् ।

स्वतन्त्रता दिवसको कार्यक्रममा ट्रम्पले वैज्ञानिकहरुले गरिरहेको कामप्रति कृतज्ञता व्यक्त गरी यो वर्षमै खोप तयार हुने बताएका थिए ।

कोरोना भाइरसको महामारीको अवधिमा खोप तथा औषधिका सम्बन्ध गरेका विभिन्न टिप्पणीलाई लिएर ट्रम्पको आलोचना हुने गरेको छ ।

विश्वमा सबै भन्दा बढी प्रभावित भएको देश अमेरिकामा अहिलेसम्म कोभिड–१९ बाट झण्डै एक लाख ३० हजार मानिसको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या २८ लाख भन्दा बढी पुगेको छ।

एबिसी न्यूजसँगको अन्तर्वार्ताको क्रममा आइतबार एफडिएका प्रमुख डा. हानले भनेका छन्, ‘कोरोना भाइरसविरुद्धको खोप निर्माणमा हामीले अति तीव्र गतिमा काम भइरहेको देखेका छौँ, तर कहिलेसम्म खोप तयार हुन्छ वा प्रयोगमा आउन सक्छ भन्ने भन्न सकिँदैन ।’

उनले भने, ‘हाम्रो प्रतिवद्धता यो हो कि हामीले खोप सम्बन्धी निर्णय तथ्य र विज्ञानका आधारमा गर्ने छौँ । सुरक्षित र प्रभावकारी खोप बनाउनेमा हाम्रो ध्यान छ ।’