शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

ढलमा भेटिएको कोरोना मानिसमा सर्ने प्रमाण छैन : स्वास्थ्य मन्त्रालय

दैनिक नेपाल २०७७ असार २१ गते १८:०६

काठमाडौँ, २१ असार । ढलमा भेटिएको कोरोनाभाइरस मानिसमा सर्ने कुनैपनि प्रमाण नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले विश्वका विभिन्न ठाउँमा भएको अध्ययनले ढलमा कोरोना भाइरस भेटिए पनि त्यो मानिसमा खालको नदेखिएको बताएका छन् ।

काठमाडौँका दुई स्थानका ढलमा कोरोनाभाइरस भेटिएको थियो ।

त्यस्तै, प्रवक्ता गौतमले अस्पतालबाट निस्किएको पानीमा पनि कोरोनाभाइरस भेटिने बताउँदै त्यस्तो भाइरस २ दिन बाँचे पनि मानिसमा सर्ने सम्भावना भने कम रहेको बताएका छन् ।

ढलमा कोरोना देखियो भन्दैमा समुदायमा कोरोना फैलिएको भन्न नमिल्ने गौतम बताउँछन् । कस्ता भाइरस ढलमा भेटिएका हुन् भन्नेबारे मन्त्रालयले थप अनुसन्धान गर्ने बताएका छन् ।

उनले सबैमा ढलमा कोरोना देखियो भन्दैमा नडराउन आम नागरिकलाई अपिल गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित