४ कार्तिक २०८३, बुधबार

काठमाडौँ उपत्यकामा थपिए ३० जना कोरोना संक्रमित

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असार । काठमाडौँ उपत्यकामा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँ उपत्यकाका ३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

थपिएका संक्रमितमध्ये काठमाडौंका २७ जना, भक्तपुरका १ र ललितपुरका २ जना रहेका छन् । पछिल्ला दिनहरुमा उपत्यकामा संक्रमण बढीरहेको छ ।

संक्रमणबाट जोगिन अनिवार्य मास्क लगाउन, सामाजिक दुरी कायम राख्नेलगायत सावधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।

त्यस्तै, आइतबार थप २ सय ९३ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । त्यसैगरी, थप १ सय ३२ जना निको भएर डिस्चार्ज भएका छन् ।