बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

बैंक अफ काठमाण्डू लिमिटेडको निक्षेप ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

दैनिक नेपाल २०७७ असार २१ गते १५:५४

काठमाडौँ, २१ असार । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ ११ लाख रुपैयाँ सम्मको बीमा सुबिधा उपलब्ध गराउँदै आईरहेको छ ।

बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि रु. पाँच लाख, १८ घातक रोगहरुको लागि रु. पाँच लाख तथा औषधी उपचारको लागि रु. एक लाखको बीमा सुबिधा रहेको छ ।

यस खातामा रहेका सुबिधाहरुको लाभ लिन शुभद्रा श्रेष्ठले बैंक अफ काठमाण्डू लिमिटेडको साँखु शाखामा बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहनु भएको छ । श्रेष्ठले आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिएका थिए ।

बैंकको उक्त मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहनु भएकी श्रेष्ठले औषधी उपचारको लागत खर्च बापत नियम बमोजिम भुक्तानी पाएका छन् ।

बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुबिधा श्री सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराउँदै आईरहको छ ।

बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक शुभद्रा श्रेष्ठलाई हस्तान्तरण गरे । उक्त कार्यक्रममा श्री सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको जोरपाटी शाखाका प्रबन्धक उत्तम राज जोशीको उपस्थीती रहेको थियो ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित