शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

ओली-प्रचण्डबीच विवाद समाधानका लागि छलफल जारी राख्ने सहमति

दैनिक नेपाल २०७७ असार २१ गते १५:३८

फाइल तस्वीर

काठमाडौँ, २१ असार । सत्तारुढ नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टीको विवाद अन्त्य गर्ने विषयमा सकारात्मक भएका छन् ।

आइतबार बालुवाटारमा भएको छलफलमा सहमतिका लागि थप छलफल गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

उनीहरुबीचको भेट सकारात्मक भएको जनाइएको छ । विवाद अन्त्यका लागि भोलि थप छलफल गरिने बताइएको छ ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री एवम् स्थायी समिति सदस्य शंकर पोखरेल, उर्जामन्त्री वर्षमान पुन र अर्का स्थायी समिति सदस्य जनार्दन शर्मा सहभागी थिए ।

छलफलले कुनै ठोस निर्णय त निकालेको छैन तर छलफललाई जारी राख्ने भने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित