
बाँके, २१ असार । राप्तीसोनारी गाउँपालिका १ सिमलघारी बस्ने ४६ वर्षीय नवराज घर्ती मगरलाई बाघको छाला र हड्डीसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कुसुम र ५ नम्बर प्रदेश ब्यूरो दाङबाट खटिएको प्रहरीले सोही ठाउँस्थित नवराजकै मकै बारीमा उक्त छाला र हड्डी लुकाई राखेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया