शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बाढी, पहिरो र डुबानका कारण काठमाडौं उपत्यका १ सय ६५ स्थानमा जोखिम

दैनिक नेपाल २०७७ असार २१ गते ७:३८

काठमाडौं, २१ असार । बाढी, पहिरो र डुबानका कारण काठमाडौं उपत्यकाका १ सय ६५ स्थान उच्च जोखिममा रहेको देखिएको छ ।

गृह मन्त्रालयले तयार गरेको तथ्याकंअनुसार काठमाडौंका ७४, ललितपुरका ४८ र भक्तपुरका ४३ स्थान बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको देखिएको हो ।

काठमाडौंमा मात्रै ३३ स्थानमा डुबान, ९ स्थानमा पहिरो र १५ स्थानमा जीर्ण संरचना भत्किन सक्ने भनिएको छ ।

यसैगरी, ललितपुरमा ३९ स्थानमा बाढी र ९ स्थानमा पहिरोको उच्च जोखिम रहेको तथा भक्तपुरमा २२ स्थानमा डुबान, ८ स्थानमा बाढी र १३ स्थानमा पहिरो जान सक्ने सम्भावना रहेको छ । राजधानी दैनिकमा महेश्वर गौतमले समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित