शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भने : पार्टीमा गम्भीर मोड आयो तपाइहरु कसको पक्षमा ?

दैनिक नेपाल २०७७ असार २० गते २२:१५

काठमाडौँ, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुलाई आफू कसको पक्षमा रहेको भन्न आग्रह गरेका छन् ।

शनिबार भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुलाई दुई तीन दिनको समय दिँदै आफ् धारणा स्पष्ट पार्न आग्रह गरेका छन् ।

उनले पार्टीमा गम्भीर मोड आएको र आफूलाई निकाल्ने प्रयास भएकोले मन्त्रीहरुलाई आफ्नौ फैसला सुनाउन अनुरोध गरेका हुन् ।

प्रधानमन्त्री ओलीले यदि आफूलाई हुलहुज्जत गरेर हटाउन खोजे आफू चुप लागेर नबस्ने बताएका एक मन्त्रीले जानकारी दिएका छन् । त्यस्तै, उनले पार्टीको एकता बलियो पार्न पनि नेताहरुलाई दबाव दिन मन्त्रीहरुलाई सुझाएका थिए ।

पार्टीको स्थायी कमिटीमा आफ्नो राजीनामा षड्यन्त्रपूर्वक मागिएको प्रधानमन्त्री ओलीले बताए । उनले राष्ट्रपतिविरुद्ध समेत षड्यन्त्र भइरहेको बताउँदै षड्यन्त्रकारी ढंगले गरिएको कुनै पनि निर्णय मान्दिनँ ।

प्रतिक्रिया
सम्बन्धित