बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रधानमन्त्री ओलीको पक्षमा लमजुङमा युवाद्धारा प्रदर्शन

दैनिक नेपाल २०७७ असार २० गते २१:३०

काठमाडौँ, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा लमजुङमा युवा तथा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओलीको सत्तारुढ नेकपाकै नेताहरुले राजीनामा मागिरहेका बेला लमजुङको बेशीशहरमा युवाहरुले ओलीकै सरकारले राजनीतिक स्थायीत्व दिने भन्दै प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा कुनै दल विशेषका युवाहरु नभइ स्वतस्फूर्त रुपमा प्रधानमन्त्री ओलीको समर्थनमा जुलुस निस्किएको हो ।

युवाहरुले बेँसीशहर नगरपालिका ८ स्थित भिमसेनस्थान चोकबाट शुरु गरी नारायणस्थान, झिङ्गेखोला हुँदै शेराचोकसम्म र्‍याली गर्दै शेराचोकमा कोणसभा गरेर समर्थन र्‍याली टुङ्गिएका थिए ।

उनीहरुले प्रधानमन्त्री ओलीको विकल्प ओली नै, आज होइन भोलिलाई पाँच वर्ष ओलीलाई, राजनितिक स्थायित्व हुनुपर्ने, वैदेशिक हस्तक्षेप चाहिदैन, राष्ट्रिय एकता हुनुपर्ने लगायतका नाराहहरु लेखिएको प्लेकार्ड सहित समर्थन र्‍याली गरेका थिए ।

त्यस्तै देशको मुहार फेर्नु छ, साथै पार्टी भन्दा राष्ट माथि भन्ने नारा लेखिएको ब्यानर सहित समर्थन र्‍याली प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले आफूहरु कुनै पनि व्यक्ति वा पार्टी समर्थकन नभइ शान्ति, विकास र स्थायीत्वको पक्षधर भएको जनाएका थिए ।

प्रदर्शनका क्रममा भारतले मिचेको भूमि फिर्ता ल्याउन पहल गरेको, समृद्धिका निम्ति काम गरिरहेको भन्दै कुनै षड्यन्त्रले ओलीलाई हटाउन नहुने बताउँदै प्रदर्शन गरेका थिए । पार्टीकै नेताहरुले प्रधानमन्त्री ओलीलाई हटाउने खेलमा लागेको भएपनि ओलीका पक्षमा व्यापक जन समर्थन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित