बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

आदर्श सञ्चारद्वारा पहिरो पीडितलाई खाद्यान्न सहयोग

दैनिक नेपाल २०७७ असार २० गते २१:०५

बागलुङ, २० असार । ९८ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले पहिरो पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम फापरखेत ठोट्नेरीमा पहिरोमा परी ज्यान गुमाएकी विमला पुनको परिवारलाई संस्थाले राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरिएको छ ।

अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत पहिरो पीडित परिवारलाई खाद्य सामग्री सहयोग गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु) ले जानकारी दिए ।

दिवसका अवसरमा गरिने औपचारिक कार्यक्रमको सट्टामा पहिरो पीडितलाई सानै भए पनि सहयोग गर्दा राहत हुने भएकाले सहयोग गरिएको अध्यक्ष जिसीले बताए ।

बागलुङ जिल्लामा क्रियाशिल आदर्श सञ्चार सहकारी संस्थाले पहिरो पीडित परिवारलाई तीन बोरा चामल, एक कार्टुन तेल, दश केजी नून वितरण गरेको आदर्श सञ्चार सहकारीका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिए । संस्थाका शेयर सदस्य राजु गौतमले पीडित परिवारलाई खाद्य सामग्री हस्तान्तरण गरेका थिए ।

गत असार ६ गते बर्षासँगै घर माथिबाट पहिरो खस्दा विमला पुनको ज्यान गएको थियो । उनका श्रीमान टोपबहादुर पुन सहित अन्य सदस्यले भने भागेर ज्यान बचाए थिए ।

परिवारीक अवस्था कमजोर भएका पुन परिवारमा परेको ठुलो चोटमा स्वदेश तथा विदेशबाट स्वतःस्फुर्त सहयोग जुटिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित