बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

गोरखाका कोरोना संक्रमितको १२ घण्टापछि शव व्यवस्थापन

दैनिक नेपाल २०७७ असार २० गते २०:३०

काठमाडौँ, २० असार । गोरखामा कोरोनाका मृत्यु भएका पालुङटार–७ का ४४ वर्षीय पुरुषको १२ घण्टा पछि शव व्यवस्थापनमा गरिएको छ ।
स्थानीयको विरोध भएकोले १२ घण्टापछि मात्रै शव व्यवस्थापन भएको छ । प्रहरीले विरोध हटाएर शव व्यवस्थापन गरिएको हो ।

शनिबार बिहान ५ बजे निधन भएका व्यक्तिको शव साँझ ६ बजे सहिद लखन गाउँपालिका–१ र गोरखा नगरपालिका–१२ को सीमा क्षेत्रअन्तर्गतको लुदी दोभानमा व्यवस्थापन गरिएको हो ।

लुदी दोभानमा शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेर स्थानीयलाई हटाएर शव व्यवस्थापन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित