
काठमाडौँ, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छन् ।
बालुवाटार स्रोतका अनुसार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच कबि एक घण्टा छलफल भएको थियो । अहिले बालुवाटारमा मन्त्री तथा राज्यमन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले छलफल गरिरहेका छन् ।
पछिल्लो घटनाक्रमले नेकपाभित्रको विवादले पार्टी नै फुट्ने संघारमा पुगेको छ । यद्यपि एकतालाई नै सबल बनाउन नेताहरुले प्रयास गरिरहेको स्रोतको भनाइ छ ।















प्रतिक्रिया