शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

आँप खानुका यस्ता छन् ५ वैज्ञानिक फाइदाहरु (भिडियोसहित)

एसपी उप्रेती २०७७ असार २० गते १८:०३

-एसपी उप्रेती

काठमाडौँ । आँपलाई फलफुलको राजा भनिन्छ ।

सर्वपथम २५ ३० मिलियन वर्ष पहिले भारत, बंगलादेश र म्यानमारमा आँप पहिलोपटक उब्जेको थियो । आँप मुलायम, गुलियो र शानदार किसिमको फल हो । काँचोमा यो अमिलो हुने गर्दछ ।

यसका पनि निकै लाभ रहेका छन । भनिन्छ गौतम बुद्धले पनि हराभरा आँपको बगैँचाको सौहार्दमा ध्यान गर्दथे रे । हामी आँप मजाले खाने गर्छाैँ । आँप धेरै फाइबर भएको कम क्यालोरीयुक्र फल हो जुन भिटामिन सी र भिटामिन एको प्रमुख स्रोत हो ।

यसमा भिटामिन बी कम्प्लेक्स, बी ६, आइरन तथा केही क्याल्सियम, जिंक र भिटामिन ई पनि रहेको हुन्छ ।

आँप एन्टीओक्सिडेन्टको राम्रो स्रोत हो जसले ग्यालोट्यानिन्स र म्यान्गीफेरिन जस्ता फाइटोकेमिकल्स हुन्छन् । सर्वगुण सम्पन्न आँप खानुका यस्ता अदभुत फाइदाहरु रहेका छन ।

१. पाचनक्रियामा सहयोग गर्दछ : आँपले मानिसको डाइजेसनमा सहयोग गर्दछ । आँपमा प्रोटिनलाई टुक्राउने तथा पचाउन सहयोग गर्ने इन्जाइमहरु पाइन्छ, त्यस्तै, यसमा हुने फाइबरले डाइजेस्टिभ ट्रयाक्टलाई तन्दरुस्त राख्न मद्दत गर्दछ ।

आँपमा हुने पोषिलो फाइबरले मुटुरोग तथा टाइप २ डाइबेटिस हुने जोखिम समेत गर्दछ । त्यस्तै, पाकेकोमा भन्दा काँचो आँपमा पेक्टिन फाइबर बढी हुन्छ ।

त्यस्तै, आँपमा हुने प्रिबायोटिक फाइबरले खाने नलीलाई स्वस्थ राख्न पनि सहयोग गर्दछ । सन २०१८ मा गरिएको पाइलट सर्वक्षेणमा कब्जियत भएकालाई पनि आँपको सेवनले निवारण गरेको थियो ।

२. इम्युनिटी पावर बढाउँछ, आँखालाई स्वस्थ राख्छ : गजबको कुरा के छ भने औसत आकारको आँपमा मानिसलाई दैनिक चाहिने भिटामिन सीमध्ये करिब ७० प्रतिशत रहेको हुन्छ । यसले इम्युनिटी पावर बढाउन मद्दत गर्दछ । जसले गर्दा रुघाखोकीलगायतका समस्याहरु कम हुन्छ ।

त्यस्तै, नियमित आँपको सेवनले तपाइको आँखाको स्वास्थ्यलाई प्रोमोट गर्दछ । आँपमा प्रशस्त पाइने बीटा क्यारोटिनले भिटामिन एको उत्पादन गर्दछ ।

यो शक्तिशाली एन्टिएक्सिडेन्टले आँखाको देख्ने क्षमतालाई इम्प्रुभ गर्दछ, आँखाको ओभरअल स्वास्थ्यमा सहयोग पुर्याउनुका साथै उमेर बढ्दै जाँदा देखिने दाग एवम् दृष्टि गुम्ने समस्यालाई समेत कम गर्दछ । तसर्थ आँप खुब खानुस् ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया
सम्बन्धित