शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

शवबाट कोरोना नसर्ने स्वास्थ्य मन्त्रालयको भनाइ

दैनिक नेपाल २०७७ असार २० गते १७:०५

काठमाडौँ, २० असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको शवबाट कोरोनाभाइरस नसर्ने जनाएको छ ।

कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा स्थानीयहरुले विरोध गर्ने गरेकोमा मन्त्रालयले त्यसो नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शवबाट कोरोना नसर्ने भन्दै आफ्नै रितिरिवाजअनुसार शव अत्योष्टि गर्न सकिने पनि बताए ।

मृत्यु भइसकेकोले श्वासप्रश्वास, हाछ्यूँ नगर्ने, थुकको छिटा नआउने भएकाले शवबाट कोरोना नसर्ने जनाउँदै सावधानी भएर शव व्यवस्थापन गर्न उनले अनुरोध गरेका छन् ।

आजै मात्र पनि गोरखामा कोरोनाबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गर्ने क्रममा पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित