४ कार्तिक २०८३, बुधबार

करिब साढे १५ हजार पुगे कोरोना संक्रमित, मृत्यु हुनेको संख्या ३४

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असार । नेपालमा थप २ सय ३२ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यस्तै, प्रवक्ता गौतमले थप २ सय ७२ जना डिस्चार्ज भएको जनाएका छन् । त्यस्तै, नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार रुपन्देही र गोरखाका २ पुरुषको मृत्यु भएको छ । रुपन्देहीका देवदहका पुरुषको असार १७ गते मृत्यु भएको हो । असार १८ गते उनमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, कोरोनाकै कारण गोरखाका पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको छ । निमोनिया र डाइबेटिजका बिरामी उनको गएराती मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ३३ हजार एक सय २५ रहेका छन् भने लेसनमा ९ हजार ४२ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २३ प्रयोगशाला चार हजार ५० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट दुई लाख ४२ हजार दुई सय ४७ र आरडीटी विधिबाट तीन लाख १० हजार तीन सय जनाको नमूना परीक्षण भएको छ ।