
काठमाडौँ, २० असार । बझाङमा गएको पहिरोमा बेपत्तामध्ये ४ जनाको शव भेटिएको छ । केदारस्युँ गाउँपालिका ८ मल्लेखीमा पहिरोमा परि बेपत्ता भएकामध्ये चार जनाको शव भेटिएको हो ।
पहिरोमा बेपत्ता भएका ४६ वर्षीया राममति देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र सात वर्षीया छोरी अस्मिता जेठारा रहेका छन् ।
त्यस्तै स्थानीय ८० वर्षीय दले जेठाराको पनि शव भेटिएको छ । पहिरोमा परि गिरिजा जेठारा, शान्ति जेठारा र शन्तु जेठारा बेपत्ता भएका छन् । एकैघरका ४ बेपत्तामध्ये ३ जनाको शव भेटिएको जनाइएको छ ।
शुक्रबार राती गएको पहिरोमा करिब २० जना हराइरहेको बताइएको छ । प्रहरीले खोजी गरिरहेको छ ।















प्रतिक्रिया