शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेकपा एकताको पक्षमा दमौलीमा र्‍याली (फोटोफिचर)

दैनिक नेपाल २०७७ असार २० गते १४:४५

तनहुँ, २० असार । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी एकता कायम गर्न दवाव दिदै तनहुँको सदरमुकाम दमौलीमा पार्टी एकता पक्षधरहरुले र्‍याली निकालेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपालाई हाल देशी तथा विदेशी समुहले विभिन्न नाममा उचालेर पार्टी एकता नै हुन नदिई पार्टी समेत फुटालेर अस्थिरता निम्ताउने भारत लगायतका शक्ति राष्ट्रहरु लागेको हुदाँ पार्टी एकतालाई तत्काल टुङ्गोमा पुरयाई देशको सार्वभौमसत्ता र अखण्डताका रक्षाका लागी आफुहरुले दवाव स्वरुप र्‍याली को आयोजना गरिएको सहभागी कविराज श्रेष्ठले वताए ।

अहिलेको सन्दर्भमा राष्ट्रिय मुद्धा नै ठुलो हो, सरकारका कमि कमजोरीलाई सच्चाएर नेकपा अझ सशक्तका साथ लाग्नु नै जनताको मुख्य माग हो । केपी ओली सरकारले राष्ट्रियता मुद्धा, नागरिकताका मुद्धामा लिएको अडानले आम जनतामा राष्ट्रियतावोध वनाएको छ ।

यो नेकपा को सरकारको उपलव्धी हो । नेकपा सरकारले जनहितमा काम गरेको सन्दर्भभा नेकपा का नेताहरुमा नै उचालेर सरकारको विकल्प खोज्नु भनेको जनताप्रतिको धोका हो ।

हामी भारत लगायतको यो डिजाईनलाई कुनै पनि हालतमा सफल हुन दिदैनौ । केपी ओलीको सरकार ढालेर अरु कसैको नेतृत्वमा सरकार वनेमा राष्ट्रियता, सिमांकन र नागरिकता सम्वन्धि मुद्धा कमजोर हुन्छ ।

केपी ओली नेतृत्वको नेकपाको सरकारलाई कसैले ढाल्न खोजेमा जनता सडकमा सशक्त रुपमा प्रतिवादमा उत्रने चेतावनी समेत कार्यक्रमको संयोजन गरेको युवा अनिल पाण्डेले जानकारी दिनुभयो ।

विश्व नै कोरानाका कारण अस्तव्यस्त भईरहेको सन्र्दभमा सरकार त्यसको नियन्त्रणका लागी अधिकतम प्रयत्नशिल रहिरहदाँ, नक्सा, नागरिकताका राष्ट्रिय सवालमा जुधिरहदाँ वेमौसमी वाजा वजाएर ओली सरकारको राजीनामा माग्नु भनेको भारतिय दलाली शिवाय केहि होईन, आफनो सरकारको विरुद्धमा कसैको उक्साहट र स्वार्थका लागी उभिनु भनेको देश र जनताप्रतिको गद्धारी हो ।

यो सवै चिर्नका लागी खवरदारी स्वरुप हामीले शान्तिपुर्ण रुपमा नेकपाको एकताका पक्षमा रयाली निकालेका हौ, सहभागी जगत खड्काले भने ।

यो कुनै व्यक्ति विशेष प्रति आग्रह र पुर्वाग्रहमा गरिएको कार्यक्रम होईन, यो त केपी ओली सरकारले गरेको जनहित कामलाई विभिन्न अस्थिरता मच्चाउनेहरुको विरुद्धमा खवरदारी कार्यक्रम हो । देशमा सुशासन र अस्थिरताका लागी ओली सरकारको निरन्तरता नै अहिलेको आवश्यकता हा ।

यहि जनताको आवाजलाई प्रतिनिधीत्व गरि हामीले नेपाल कम्युनिष्ट पार्टी एकतावद्ध भई अगाडी वढ्न दवाव दिने अभिप्रायले कार्यक्रम गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी हजारौको त्याग तपश्या र वलिदानीले वनेको पार्टी हो ।

यसमा टुटाउने र फुटाउने काम कसैले गर्दछ भने त्यो हामीलाई कदापी सह्यै हुन सक्दैन, कार्यक्रमका समापन गर्दे युवा अभियन्ता नविनले भने ।

नेकपा जिन्दावाद, राष्ट्रियता कायम गर, भारतिय दलाल मुर्दावाद, ओली सरकार जिन्दावाद, कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, लेखिएको प्लेकार्ड सहित स्वतः स्फुर्त रुपमा हजारौ युवाहरु संलग्न भई मोटरसाईकल रयाली दमौली वजारको अनसन चौतारी हुदै व्यास नगरपालिकाको वडा नं ४, भोर्लेटार चोक, भेटघाट चोक, सफासडक वाट ट्राफिक चोकमा गई कोण सभामा परिणत भई कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित