४ कार्तिक २०८३, बुधबार

खोकनामा जग्गा जोत्न गएका किसान र प्रहरीबीच झडप

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असार । ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ ।

आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ ।

विकासका लागि पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासीले जग्गा खनजोत गर्न थालेका थिए ।

उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि विहानैबाट तनाव भएको थियो ।

स्थानीयहरुले विकासमा नाममा खोकनाका अस्तित्व मेट्ने गरी गरिने कार्यको विरोध गरिने बताउँदै जग्गामा ट्याक्टरसमेत लगाएका थिए ।

काठमाडौं तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी छ ।

तर स्थानीयबासीले भने विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् । भीडलाई शान्त पार्न प्रहरीले केही सिल अश्रुग्यास प्रहार गरेको छ ।