बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

… जब पहिरोका घाइतेलाई उद्दार गर्न गोकर्ण विष्ट हेलिकप्टर लिएर गुल्मी पुगे

दैनिक नेपाल २०७७ असार १९ गते २१:३५

काठमाडौँ, १९ असार । गुल्मीमा पहिरो जाँदा घाइते भएका ५ जनाको पूर्वमन्त्री गोकर्ण विष्टको पहलमा उद्दार गरिएको छ ।

गुल्मी क्षेत्र नम्बर २ का सांसदसमेत रहेका बिष्टको पहलमा सबै घाइतेलाई नेपाली सेनाको हेलीकोप्टरमार्फत् काठमाडौं लगिएको हो ।

घाइतेमध्ये २७ वर्षीया ईश्वरी खत्रीको उपचार शिक्षण अस्पताल महाराजगन्ज भइरहेको छ भने ६४ वर्षीया टीका खत्री, २५ वर्षीया वसन्त खत्री, २१ वर्षीया सृजना सारु र ९० वर्षीया पुतली खत्रीको सैनिक अस्पताल छाउनीमा उपचारको हुँदैछ ।

पहिरोमा परी स्थानीय वसन्त सारुका १८ महिने छोरा सुरज सारु र ईश्वरी खत्रीकी ७ वर्पीया छोरी अपेक्षा खत्रीको घटना स्थलमै मृत्यु भएको थियो ।

पहिरोले १ सय ६० घरलाई प्रभाव पारेको छ । पूर्वमन्त्री विष्टले पहिरो प्रभावितलाई टेण्ट, खाद्यान्नलगायतका सामग्री उपलब्ध गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित