मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

६९ तोला सुन, ७ लाख नगद र एक केजी चाँदी चोरेको आरोपमा तीन पक्राउ

दैनिक नेपाल २०७७ असार १९ गते २१:१९

सांकेतिक तस्वीर

काठमाडौँ, १९ असार । नवलपुरमा ६९ तोला सुन, एक केजी चाँदी र ७ लाख रुपैयाँ चोरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गैँडाकोट नगरपालिका ५ स्थित मोनिका सुनचाँदी पसलबाट सुनचाँदीका गहना र नगद चोरीको आरोपमा आइतबार काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर बस्ने २४ वर्षीय अनुज लामा, भक्तपुर सूर्यविनायक बस्ने २८ वर्षीय तिर्थबहादुर रुम्बा र ४० वर्षीय जीतबहादर तामाङ रहेका छन् ।

फागुन १८ गते विहान उक्त पसलबाट ६९ तोला ५ लाल सुनका गहना, १ किलो चाँदीको गहना र ७ लाख नगद चोरी भएको थियो ।

उक्त घटनाको अनुसन्धानका लागि प्रहरी संयन्त्र लागिरहेको थियो । उनीहरुबाट प्रहरीले १२ तोला सुन, ६ थान मोबाइल, एक थान फोडिएको सेफ लकर बरामद गरेको छ ।

त्यस्तै, प्रहरीले एक स्कुटर र केही औजार पनि बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित