बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

तलब दिन माग गर्दै निजी विद्यालयका शिक्षकको प्रदर्शन

दैनिक नेपाल २०७७ असार १९ गते २०:५२

काठमाडौँ, १९ असार । निजी विद्यालयमा कार्यरत शिक्षकहरुले आफूले नपाएको तलब दिन माग गर्दै प्रदर्शन गरेका छन् ।

उनीहरुले लकडाउनका कारण चैतदेखि तलब नपाएको भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उनीहरुले हामी अभिभावकको विश्वासप्रति प्रतिवद्ध छौं, बहानाबाजी चाहिँदैन, शिक्षक निकाल्न पाइँदैन, सरोकारवालाको ध्यान जाओस् हामी भोकभोकै छौं आदि नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

मातीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेर कोणसभा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित