शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

दुवै अध्यक्षलाई मिलेर अघि बढ्न आग्रह गर्दै बर्दघाटमा खवरदारी जुलुस

दैनिक नेपाल २०७७ असार १९ गते २०:०८

परासी, १९ असार । पार्टी एकता जोगाई राख्न र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको स्थीर सरकारको समर्थनमा नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)मा खवरदारी जुलुस निकालिएको छ ।

मदन भण्डारी बौद्धिक मञ्चको आयोजनामा जिल्लाको बर्दघाटमा आज साँझ निकालिएको जुलुसमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकता कायमै राख्न दुई अध्यक्षलाई मिलेर जान सुझाव दिईएको थियो ।

अहिलेको परिस्थितिमा पार्टीका दुवै अध्यक्ष मिल्नुको विकल्प नभएको मदन भण्डारी फाउण्डेशन प्रदेश ५ का सल्लाहकार बद्री खनालले जोड दिनुभयो ।

करोडौँ नेपाली र लाखौँ कार्यकर्ताको भावना र चाहनालाई मध्यनजर गर्दै पार्टी एकता कायम राख्न फाउण्डेशनका जिल्ला अध्यक्ष थानप्रसाद गैरेले आग्रह गरे ।

पार्टीका दुवै अध्यक्ष पुष्पकमल दाहाल र ओलीको तस्बीर तथा लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश नक्सासहित निकालिएको जुलुसमा दुवै अध्यक्ष मिलेर जानुपर्ने र सरकार ढाल्न नपाईने सन्देश दिईएको बौद्धिक मञ्चका जिल्ला अध्यक्ष सागर पाण्डेले बताए ।

ज्येष्ठ कम्युनिष्ट मञ्चका पूर्व केन्द्रिय सल्लाहकार खिमलाल पोखरेलले पार्टी एकता सृदृढ पार्दै समृद्धिको सपना साकार पार्ने अभियानमा पार्टी नेतृत्व पंक्ति लाग्नुपर्ने बताए ।

दुवै अध्यक्षलाई मिलेर अघि बढ्न उनले सुझाव दिए । चिसापानी चोकबाट शुरु भएको जुलुसमा नेकपाका कार्यकर्तासहित शुभेच्छुकहरुको स्वतस्फूर्त सहभागिता रहेको बौद्धिक मञ्चका जिल्ला सचिव चन्द्रकान्त पाठकले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित