बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रचण्डको गृह जिल्ला चितवनमा प्रधानमन्त्री ओलीको पक्षमा विशाल प्रदर्शन (फोटोफिचर)

दैनिक नेपाल २०७७ असार १९ गते १८:३०

काठमाडौँ, १९ असार । चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा विशाल प्रदर्शन भएको छ ।

ओलीको नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै आज भरतपुरको चौविसकोठीमा युवा तथा विद्यार्थीले प्रदर्शन गरेका हुन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्लामै ओलीको समर्थनमा वृहत प्रदर्शन भएको हो ।

पार्टीभित्रकै नेताहरुले ओलीका राजीनामा मागिरहेका बेला युवा तथा विद्यार्थीहरुले भने ओलीको समर्थनमा विभिन्न स्थानमा प्रदर्शन गर्न थालेका छन् ।

प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’,ओली सिध्याउन किन यत्रो जोड भारतिय विस्तारबाद नेपाल छोड जस्ता नारा नारा अंकित प्ले कार्ड बोकेर प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित