बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

कोरोनाका कारण काठमाडौँका एक वुद्धको मृत्यु

दैनिक नेपाल २०७७ असार १९ गते १६:५६

सांकेतिक तस्वीर

काठमाडौँ, १९ असार । नेपालमा कोरोनाभाइरसको कारण थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौँका नयाँ बानेश्वर बस्दै आएका ८५ वर्षीय वृद्धको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनको असार १७ गते मृत्यु भएको हो ।

उनलाई उच्च रक्तचाप र पार्किन्सनको समस्या भएपछि अस्पताल पुर्याइएको थियो ।

मृतक ती पुरुषको पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको गौतमले बताए ।

यससँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

पछिल्लो तथ्यांकका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित