४ कार्तिक २०८३, बुधबार

थपिए ७४० कोरोना संक्रमित, थप ८२३ जना भए निको

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असार । नेपालाम थप ७ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको ।

एकै दिनमा यति धेरै संख्यामा संक्रमण भएको यो पहिलोपटक हो ।

शुक्रबार गत २४ घण्टामा थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय २३ जना कोरोनामुक्त भएका छन् । यससँगै उपचारपछि निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

त्यस्तै, यही २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ ।