
काठमाडौँ, १९ असार । सत्तारुढ नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको छलफल सकिएको छ ।
बालुवाटारमा उनीहरुबीच ३ घण्टा छलफल भएको एक नेताले जानकारी दिएका छन् । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्माको पनि उपस्थिति रहेको थियो ।
विहान ११ बजेदेखि भएको छलफलमा कुनै ठोस निष्कर्ष भने ननिस्किएको बताइएको छ । यद्यपि उनीहरुबीच भोलि पुनः छलफल गर्ने सहमति भएको छ ।
स्रोतका अनुसार भोलि बस्ने स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल गर्ने सहमति भएको हो ।
वुधबार स्थगित भएको नेकपा स्थायी कमिटी बैठक शनिबार बिहान ११ बजे बस्दैछ ।
केही समय यता पार्टीमा आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष प्रचण्डलगायतले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि त पार्टी नै फुट्ने पो हो कि भन्ने संघारमा पार्टी पुगेको छ ।
बेलैमा यो ऐतिहासिक एकतालाई संरक्षण गर्नु नेतृत्वको महानता हुने नेकपा नेताहरुले बताएका छन् ।















प्रतिक्रिया