४ कार्तिक २०८३, बुधबार

क्वारेन्टिनमै आत्महत्या गरेका रोल्पाका पुरुषमा कोरोना पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असार । क्वारेन्टिनमै आत्महत्या गरेका रोल्पाका एक पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

असार १७ गते जिल्लाको गंगादेव गाउँपालिका ५ का ३१ वर्षीय पुरुषले आत्महत्या गरेका थिए ।

उनको स्वाब भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा कोरोना पोजेटिभ आएको रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले जनाएका छन् ।

मृतक असार १० गते दुबईबाट आएका थिए । यससँगै रोल्पामा संक्रमितको संख्या ४८ जना पुगेको छ । उनीसँग सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरी परीक्षणको तयारी गरिँदैछ ।