शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बालुवाटारमा ओली–प्रचण्ड वार्ता, विकल्पमा आलोपालो प्रधानमन्त्रीको सहमति स्मरण गरिने

दैनिक नेपाल २०७७ असार १९ गते १२:४७

काठमाडौं, १९ असार । नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विभाजनसम्मको संकट मोचनका निम्ति प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार वार्ता भएको छ ।

स्थायी समिति बैठकका बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीको राजीनामा माग गरेपछि मन्त्रिपरिषदको बैठक राखी संसदको अधिवेशन अन्त्य गर्दै दल विभाजनका लागि विधयेक आउने सम्भावनाबारे चर्चा थियो ।

यहि कारण नेकपा नेतृत्वमा विभाजनको संकट आएको छ । अब सहमति र समझदारीको नयाँ विकल्पका लागि आलोपालो प्रधानमन्त्री बन्ने एकतापूर्वको सहमति स्मरण गरिने भएको छ ।

५ बर्षका लागि नै ओलीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिन सहमत भएका प्रचण्डले पार्टीका एकाधिकार भएपछि आलोचनासहित राजीनामा गराउने विषयमा कुरा उठाएका थिए ।

उच्च स्रोतका अनुसार तल्लो तहसम्म नै नेकपा विभाजन हुन सक्ने संदेश गएका कारण अब एक भएर अघि बढ्न पूर्वसहमति व्युँताउन सकिने विकल्प पनि देखिएको छ । नेकपामा विभाजनको अवस्था आउन नदिन दोस्रो तहका नेताले पनि शुक्रबार बिहान छलफल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित