शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

म्यानचेस्टर सिटीसँग लिभरपुल ४-० ले पराजित

दैनिक नेपाल २०७७ असार १९ गते ९:१०

लण्डन, १९ असार । ३० वर्षपछि उपाधि पक्का गरेको लिभरपुल त्यसपछिको खेलमा गत वर्षको च्याम्पियनसँग पराजित भएको छ।

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि पक्का गरेपछिको पहिलो खेलमा लिभरपुल म्यानचेस्टर सिटीसँग ४-० ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका लागि २५ औँ मिनेटमा पाएको पेनाल्टीमा केविन डी ब्रयनाले गोल गरी सुरुवाति अग्रता दिलाए ।

३५ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्ग तथा ४५ औँ मिनेटमा फिल फोडिनले गोल गरेपछि पहिलो हाफमा सिटीले ३-० को अग्रता लियो । ६६ औँ मिनेटमा लिभरपुलका ओक्सलेड चेम्बरलेनले आत्मघाती गोल गरेपछि लिभरपुल ४-० ले विजयी भएको हो ।

गएको वर्षको विजेता सिटीले खेल सुरु हुनु पूर्व नयाँ च्याम्पियन लिभरपुललाई गार्ड अफ अनर प्रदान गरेको थियो । उसले सम्मान स्वरुप गार्ड अफ अनर प्रदान गरेको हो । लिभरपुलले सात खेल बाँकी हुँदै लिगको उपाधि पक्का गरेको थियो ।

बिहीबार रातिको खेलपछि उपाधि विजेता लिरपुलको ३२ खेलबाट ८६ तथा दोस्रो स्थानको सिटीको ६६ अंक भएको छ ।

बिहीबार राति नै भएको अर्को खेलमा जोसे मोरिन्होको टिम टोटनह्याम शेफिल्ड युनाइटेडसँग ३-१ ले पराजित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित