४ कार्तिक २०८३, बुधबार

स्रोत नखुलेको १० लाख नगदसहित पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रौतहट, १८ असार । प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित रौतहटमा एक जनालाई पक्राउ गरेको छ ।

गौर नगरपालिका २ महादेवपट्टीस्थित सडकबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रूपैयाँसहित सोही स्थान बस्ने २३ वर्षीय अभिनास जैसवाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० यू २५३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलका चालक जैसवाललाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।