बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

क्वारेन्टिनबाट भागेका ३३ जनामा देखियो कोरोना

दैनिक नेपाल २०७७ असार १८ गते २०:०५

काठमाडौँ, १८ असार । कैलालीमा क्वारेन्टिनबाट भागेका ३३ जना रहेको खुलेको छ ।

क्वारेन्टिनबा भागेका कैलालीको गोदावरी नगरपालिका ११ ओलानीका ३३ जनामा संक्रमण पुष्टि भएको हो । भारतबाट आएका ७० जना उक्त वडाको सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थिया ।

उनीहरुको ४ असारमा स्वाब संकलन गरिएको थियो । लामो समयसम्म पनि रिपोर्ट नआएको भन्दै ५९ जना क्वारेन्टिनबाट भागेका थिए ।

त्यसको केही दिनपछि रिपोर्ट आउँदा ७० मध्ये ४२ जनामा संक्रमण देखिएको छ । त्यसमा ३३ जना भागेर गएकामध्ये रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित