बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

सुदूरपश्चिममा एकै दिनमा अहिलेसम्मकै धेरै संक्रमित, कैलालीमा मात्रै १६५ संक्रमित

दैनिक नेपाल २०७७ असार १८ गते १८:२६

काठमाडौँ, १८ असार । सुदूरपश्चिम प्रदेशमा एकै दिन थप ३ सय ४६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा थपिएको यो संख्या अहिलेसम्मकै धेरै हो । थपिएका संक्रमितमध्ये ३ सय २० जनाको राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा परीक्षण गरिएको थियो भने २६ जनाको धनगढी प्रयोगशालमा गरिएको थियो ।

संक्रमितहरु कैलालीका ४० महिला र १ सय २५ पुरुष गरी १ सय ६५ जना, डोटीका १० महिला र ४८ पुरुष गरी ५८ जना, अछामका ५ महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला २४ पुरुष गरी ३१ जना र कञ्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जना रहेका छन् ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनगढी प्रयोगशालामा भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित