शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोरोनाबाट ४९ दिने शिशुको मृत्यु पुष्टि, मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४ हजार ३२० निको

दैनिक नेपाल २०७७ असार १८ गते १७:२७

काठमाडौँ, १८ असार । नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक शिशुको असार १७ गते साँझ ४ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले म्याग्दी जिल्ला धौलागिरी नगरपालिका–४ का ४९ दिनको शिशुको उपचारको क्रममा मृत्यु भएको बताए ।

उनको असार ९ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको र पहिलो चरणको डायलासिस समेत भएको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

बिहीबार थप ४ सय ७३ जनामा पुष्टि भएपछि संक्रमितको संख्या १४ हजार ५ सय १९ जना पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी, थप ६ सय ६४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यससहित निको हुनेको संख्या ४ हजार ३ सय २० जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित