
काठमाडौँ, १८ असार । नेपालमा गत २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ जना पुगेको छ ।
तिमध्ये ४ हजार ३ सय २० जना निको भएका छन् भने ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६ सय ६४ जनाले कोरोना जितेका प्रवक्ता गौतमले जानकारी दिए ।















प्रतिक्रिया