शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

स्थगित नेकपा स्थायी कमिटी बैठक फेरि सुरु, प्रधानमन्त्री अनुपस्थित

दैनिक नेपाल २०७७ असार १८ गते १६:२४


काठमाडौँ, १८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बेठक फेरि सुरु भएको छ ।

करिब ३ घण्टादेखि रोकिएको बैठक अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति बिनै सुरु भएको हो । अर्का अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आएपछि स्थगित बैठक सुचारु गरेका हुन् ।

आजै बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सरकारको यो निर्णय पार्टीमा झनै सनसनी मच्चाएको छ ।

त्यसलगत्तै प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । त्यस्तै, अध्यक्ष प्रचण्डले ओली बाहेकका सचिवालय सदस्यसँग छलफल गरेका थिए । त्यसपछि राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित