बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

राष्ट्रपतिसँगको भेटपछि प्रचण्ड बालुवाटारमा

दैनिक नेपाल २०७७ असार १८ गते १६:१०

काठमाडौँ, १८ असार । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाहेकका सचिवालय सदस्यलाई भेटेर प्रचण्ड शीतल निवास पुगेका थिए ।

करिब एक घण्टा भएको भेटमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाबारे राष्ट्रपतिसमक्ष जानकारी गराएको स्रोतले जनाएको छ ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि प्रचण्डकै नेतृत्वमा बैठक बसेको थियो । प्रचण्डले बैठक रोकेर राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित