बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेकपा अध्यक्ष प्रचण्ड र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

दैनिक नेपाल २०७७ असार १८ गते १५:२७

फाइल तस्वीर ।

काठमाडौँ, १८ असार । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

पार्टीभित्रको विवाद चुलिएपछि अध्यक्ष प्रचण्ड शीतल निवास पुगेका हुन् ।

सरकारले आकस्मात संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

नेकपा स्थायी कमिटी स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेट भएको थियो ।

पार्टीमा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित