शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

किन गरियो संसद अधिवेशन अन्त्य ? के भने प्रधानमन्त्री ओलीले ?

दैनिक नेपाल २०७७ असार १८ गते १४:५०

काठमाडौँ, १८ असार । सरकारले चालु संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अन्त्यपछि कोरोनाभाइरसको महामारीका बेला जिल्ला पुग्न नपाएका सांसदहरुले गाउँ, जिल्लामा जनताको माझमा पुग्न सक्ने बताए ।

जिल्ला पुगेर जनताको सेवा गर्न पाउने भएकाले संसदको अन्त्य गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताएको एक जना मन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले मन्दिपरिषद् बैठक बस्नुअघि आज शितल निवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । त्यसपछि मन्त्रिपरिषद्को बैठकले आज साँझ ५ बजेबाट लागू हुनेगरी संसद्को बजेट अधिवेसन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित