शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

त्रिशुलीमा सवारी खस्यो, खोजी कार्य जारी

दैनिक नेपाल २०७७ असार १८ गते १४:३८

धादिङ, १८ असार । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मौवाखोलामा सवारी दुर्घटना भएको आशंका भएको छ ।

बिहिबार विहान बेनिघाट रोराङ गाउपालिका वडा नंं १० जवाङखोला नजिकै बिहान अन्दाजी ६ बजको समयमा एक स्करपियो आकारको गाडी सडकवाट खसेको एक प्रत्क्षदर्र्शी महिलाले बताएकी छिन् ।

प्रत्क्षदर्र्शी महिलाको अनुसार सडकवाट त्रिशुली नदीमा एक स्करपियो आकारको गाडी खसेर बेपत्ता भएको हो । दुर्घटनाको खवर पाएलगत्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङको टोलीले अहिले घटनावारे अनुसन्धान जारी राखेको छ ।

यद्यपी उक्त गाडीमा कति जना सवार थिए र कुन गाडी हो भन्ने अहिले सम्म पत्ता नलागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक नेत्र भट्टले जानकारी दिए । भट्टका अनुसार दुर्घटनाको प्रकृति हेर्दा मुग्लिन तर्फबाट काठमाडौँ तर्फ आएको देखिन्छ ।

अहिले चितवनको कुरिनटार स्थित् शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्रका गोताखोरको टोली र धादिङ प्रहरीले समेत खोजी कार्य तिव्र पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित