शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौँमा प्रदर्शन

दैनिक नेपाल २०७७ असार १८ गते १४:१७

काठमाडौँ, १८ असार । पार्टीभित्रकै नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको विरोधमा युवाहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।

युवाहरुले प्रधानमन्त्री ओलीले देश र जनताको निम्ती राम्रो काम गरेको भन्दै उनको समर्थनमा जुलुस निकालेका छन् ।

राजधानीको माइतीघरमा भेला भएका उनीहरुले ओलीको तस्वीर र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा र ब्यानरसहित प्रदर्शन गरेका छन् ।

उनीहरुले सपोर्ट पीएम केपी ओली ह्यासट्याग पनि प्रयोग गरेका छन् । पार्टीभित्रकै नेताले असन्तुष्टि पोख्दै ओलीको राजीनामा मागेको बेलामा उनको समर्थन जुलुस निस्केको हो ।

प्रतिक्रिया
सम्बन्धित