मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

नेकपा स्थायी कमिटी बैठक स्थगित, अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

दैनिक नेपाल २०७७ असार १८ गते १३:५८

काठमाडौँ, १८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भइरहेको छ ।

स्थायी कमिटीको बैठक केहीबेर चलेपछि स्थगित गरेर उनीहरुबीच अहिले छलफल चलेको हो ।

आकस्मिक बसेको मन्त्रिपरिषद बैठकले चालु संसद अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको थियो । त्यसलगत्तै प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल सुरु भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित