बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय, राष्ट्रपतिलाई सिफारिस

दैनिक नेपाल २०७७ असार १८ गते १३:१०

काठमाडौं, १८ असार । संघीय संसदको अधिवेशन अन्त्य गर्ने निर्णयको सिफारि मन्त्रिपरिषदको बैठकले राष्ट्रपति कार्यालयलाई पठाएको छ ।

जारी अधिवेशन अन्त्य कोरोना भाइरस महामारीलाई कारण देखाएर गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन विहीबार ५ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

राष्ट्रपतिले अधिवेशन अन्त्य भएको घोषणा आजै गर्नेछिन् । बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितलनिवासमा एक घन्टा लामो छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित