शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

ओलीबिनै स्थायी समिति बैठक सुरु, प्रधानमन्त्री शितलनिवास र मन्त्रिपरिषद बैठकमा

दैनिक नेपाल २०७७ असार १८ गते १२:५८

काठमाडौं, १८ असार । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमै सुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकको निर्धारित मितिभन्दा सवा घन्टा ढिलो भएपछि सञ्चालन गरेका हुन् । उक्त बैठकमा प्रधानमन्त्री ओली पुगेका छैनन् ।

उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगी मन्त्रिपरिषद बैठकमा सहभागी भएका थिए ।

पार्टीभित्र गहिरो संकट, सरकारबाट राजीनामाको दबाबका विषय उठिरहेका बेला एकै दिनका दुई पटक, अर्को दिन बिराएर राष्ट्रपति कार्यालय शितलनिवासमा प्रधानमन्त्री ओलीको भेटको गहिरो राजनीतिक अर्थ हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित