शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

स्थायी समिति चलिरहेकै बीचमा प्रधानमन्त्रीले अचानक डाके मन्त्रिपरिषद बैठक

दैनिक नेपाल २०७७ असार १८ गते १२:१६

काठमाडौं, १८ असार । आन्तरिक विवाद चुलिँदै स्थायी समितिमा बहुमत सदस्यले राजीनामा माग गरिरहेका बेला विहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा अचानक मन्त्रिपरिषद बैठक डाकेका छन् ।

खास कारण नखुलाइए पनि आन्तरिक विवाद, राजीनामा माग भइरहेको बीचैमा मन्त्रिपरिषद डाक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल समूह प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा छ । यसअघि विहीबार बिहान ओली पक्षधर नेताले प्रचण्डसँग भेट गरी सहमति र समझदारीका आधारमा नबढे दुर्घटना हुन सक्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित