शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

दैनिक नेपाल २०७७ असार १७ गते २०:२६

काभ्रे, १७ असार । काभ्रेपलाञ्चोकमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

धुलिखेल नगरपालिका २, डुडामुखमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धुलिखेल नगरपालिका २ का मोटरसाइकल चालक ५२ वर्षीय वेदप्रसाद कोइराला र मोटरसाइकलको पछाडि सवार ५३ वर्षीय गोवर्द्धनप्रसाद कोइराला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बनेपाबाट रविओपीतर्फ जाँदै गरेको बा ४ ख ६३८६ नम्बरको टिपरले आज दिउँसो सोही दिशातर्फ जाँदै गरेको बा ३६ प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवैजनाको मृत्यु भएको हो ।

मृतक दुवैजनाको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित